• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

छत्रेश्वरीका प्रकाशकीय अधिकृतद्वारा जन्मदिनमा फलफुल वितरण


मंसिर २, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले सुस्त श्रवनशक्ती भएका बालबालिकालाई फलफुल दिएर आफ्नो जन्मदिन मनाएका छन् ।

गाउँपालिकाको भोटेचौरमा रहेको त्रिभुवन जनता माविमा अध्ययनरत १४ जना सुस्त श्रवनशक्ती भएका विद्यार्थी बालबालिकालाई फलफूल वितरण गरेका हुन् । जन्मदिनमा अन्यखालको पाटी गर्नुभन्दा सामाजिक सेवा गर्नु नै उत्तम भएकोले यस्तो गरिएको उनले बताए ।

जन्मदिनलाई भड्किलो नबनाएर सानोखालको भएपनि सामाजिक सेवा गर्न उनले सबैलाई सुझाव दिएका छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार