• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

चिनियाँ अध्ययन केन्द्रले भन्यो ‘भारतले नेपालको भूभाग मिच्यो’


मंसिर ३, काठमाडौं । चिनियाँ अध्ययन केन्द्रले भारतको नयाँ नक्साले नेपाली भूमि मिचेको ठहर गर्दै समस्या समाधानका लागि भारतसँग पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

‘नेपाल र ब्रिटिसबीचको सुगौली सन्धिले दुई मुलुकको सिमाना छुट्याएको छ । तर भारतले निकालेको राजनीतिक नक्साले उसले नेपाली भूभाग मिचेको देखिन्छ,’ केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईद्वारा जारी विज्ञप्तिमा छ, ‘आफ्नो छिमेकीको भूभाग बिनास्वीकृति लिनुले माथिल्लो स्तरको दबाब सिर्जना गरेको देखिन्छ जसलाई केन्द्रले जोडदार रूपमा विरोध गर्छ ।’

नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेपछि बढेको बहस र चीनले समेत नेपालीे भूमि मिचिरहेको भनी आएको समाचारप्रति प्रतिक्रिया दिँदै चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले पहिलोपटक बिहीबार सञ्चारमाध्यमबाट प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार