• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

बाटो काट्ने क्रममा मोटरसाईकलले ठक्कर दिँदा सल्यानमा एक वृद्धाको मृ’त्यु


मंसिर ३, सल्यान । मोटरसाईकलले ठक्कर दिँदा सल्यानमा एक वृद्धाको मृ’त्यु भएको छ । सल्यानकाे श्रीनगरबाट दाङ तर्फ जादैँ गरेको रा ४ प २४२४ नम्बरको मोटरसाईकलले छत्रेश्वरी गाउपालिका ६ लान्तिबजारमा ठक्कर दिदाँ शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको मृ’त्यु भएकाे हाे ।

सोमबार दिउँसो साढे १ बजेतिर बाटो काट्ने क्रममा ठक्कर दिँदा बिष्ट गम्भीर घाइते बनेकी थिइन् । घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीले माेटरसाइकल चालक जीत बहादुर पुनलाई नियन्त्रणमा लिएको जनाएकाे छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

संकेतिक तस्विर

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार