मंसिर ३, धनगढी । राष्ट्रिय वाणिज्य बैंक लम्की कैलाली शाखामा कार्यरत एक कर्मचारीको छतबाट खसेर मृ’त्यु भएको छ।
सोमबार बेलुकी शाखा कार्यालयको दोस्रो तलाबाट खसेर ४६ वर्षीय दयाकृष्ण पन्तको मृ’त्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बैंकमा कार्यालय सहयोगी पदमा कार्यरत पन्तको छतबाट खसेर उपचारका क्रममा मृ’त्यु भएको जानकारी दिए।
चन्दका अनुसार राति करिव ९ बजेतिर छतबाट खसेका पन्तको उपचारका क्रममा टीकापुर अस्पतालमा मृ’त्यु भएको हो। पन्तको श’व परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
मदिरा सेवन गरेका पन्तको मोबाइल फोनमा कुरा गर्दैगर्दा छतबाट खसेको बुझिएको छ।