• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

मरेको कुखुराको मासु खाँदा एक किशोरीको मृ’त्यु, ९ जना बिरामी


मंसिर ३, बैतडी ।  मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलवार एक किशोरीको मृ’त्यु भएको छ।  मृ’त्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा कार्की छन्। म’रेको कुखुराको मासु खाएका एकै परिवारका नौजना बिरामी भएका छन्।

शनिबार साँझ म’रेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। उनीहरु आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएका बताइएको छ।

शनिबार रातिदेखि नै बिरामी पुष्पाको मंगलवार घरमै मृ’त्यु भएको हो। मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की बिरामी भएका छन् ।

बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि ठीक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले बताए।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार