• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा एक जनाको भिरबाट लडेर मृ’त्यु


मंसिर ३, सल्यान । सल्यानकाे कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृ’त्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिडेका गोपाल मंगलबार विहान रुन्टीगडीकै धुम्का भीर तर मृ’त अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए । मोटरबाटोबाट करिव २ सय मिटर तल भिरमुनी उनको श’व भेटिएको हो ।

उनको श’व मंगलबार विहान स्थानीयहरुले देखेका थिए । घटनास्थलमा होलेरी रोल्पाबाट प्रहरी हिडेको वडाध्यक्ष खड्काले जनाए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार