• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा महिला जनप्रतिनिधिको घरबाट दुई तोला सुन र ५० हजार चोरी



मंसिर ४, सल्यान । सल्यानमा दिनदहाडै गाउँकार्यपालिका सदस्यको घरमा चोरी भएको छ । मंगलबार दिउँसो कपुरकोट गाउँ कार्यपालिका सदस्य शान्ता ओलीको घरबाट दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको हो ।

कपुरकोट गाउँपालिका ६ स्थित कार्यपालिका सदस्य ओलीको घरमा कोही नभएको मौका छोपी अज्ञात समूह वा व्यक्तिले गहना र नगद चोरी भएको उनले जानकारी दिइन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कपुरकोटका ईन्चार्ज शसिराम जैशीले दुई तोला सुन र नगद ५० हजार रुपैयाँ चोरी भएको खबर आएको र यस सन्दर्भमा प्रहरी टोलि खटाएर अनुसन्धान गरिरहेको जनाए । मंगलबार दिउँसो घरको ढोका खोलेको देखेपछि आफुहरुले भित्र रहेको बाकस हेर्दा उक्त बाकस समेत फोडेर नगद र सुन चोरी भएको थाहा पाएको घरमुली भोला ओलीले जानकारि दिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ४ गते बुधवार