• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

बजेट अभावका कारण सल्यान दार्माका निर्माणाधीन ३ वटा विद्यालयका भवन अलपत्र


प्रकाश शर्मा / मंसिर ५, सल्यान ।सल्यानको दार्मा गााँउपालिकामा बजेटको अभाका कारण निर्मानाधिन  ३ वटा विद्यालय अलपत्र परेका छन् । आर्थिक बर्ष २०७१र०७२ तत्कालिन नेपाल सरकार, शान्ति तथा पुननिर्माण मन्त्रालयबाट भवन निर्माणको लागि छुट्टयाइएको बजेट पुर्ण रुपमा नआउदा भवन निर्माण अलपत्र परेका हुन् ।

जसमा फारुला बहुमुखि क्याम्पस, लक्ष्मी निमावि दार्मा ६ र सर्वसाधारण आधारभूत विद्यालय दार्मा ४ रहेका छन् । फारुला बहुमुखी क्याम्पसमा कुल २४ लाख ७० हजार विनियोजन गरिएकोमा ११ लाख मात्रै निकासा भएर ४० प्रतिशत निर्माण काम भएको छ ।

त्यस्तै लक्ष्मी माविमा र सर्वसाधारण आधारभूत विद्यालयमा १२र१२ लाख विनियोजन गरिएकोमा ६र६ लाख निकासा भएर आधा निर्माण कार्य भएर रोकिएको छ । यी विद्यालयहरुमा पुर्ण रुपमा भवन नहुँदा विद्यार्थीले समस्या खेप्दै आएका छन ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार