• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

ह’त्या आरोपमा पक्राउ पुर्जी काटिएका पार्वत गुरुङ पनि मन्त्री बने


मंसिर ५, काठमाडौं । ज्यान मार्ने उद्योग गरेको भन्दै केही दिनअघि पक्राउ परेका पार्वत गुरुङ पनि मन्त्री नियुक्त भएका छन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

सत्तारुढ दल नेकपाले आन्तरिक शक्ति सन्तुलन मिलाउन बुधबार मन्त्रीहरु हेरफेर गरेको थियो । नवनियुक्त मन्त्रीहरुले आज बिहीबार सपथ खाँदैछन् । आफूविरुद्धको मुद्दा विचाराधिन रहेको अवस्थामै गुरुङ मन्त्रिमण्डलमा प्रवेश गर्न सफल भएका हुन् ।

गत महिना गुरुङलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको थियाे ।

वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।

सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो ।

त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्‍मा सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए ।

याे पनिः पहिलाे श्रीमतीबाट सन्तान भएन भनेर दाेस्राे बिहे गर्ने पनि ओली सरकारमा मन्त्री बने

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार