• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा जनप्रतिनिधिले राजनीतिक दललाई अटेर गरे !


मंसिर ५, सल्यान । सल्यानमा जनप्रतिनिधिले राजनीतिक दललाई अटेर गरी मनोमानीका साथ काम गरेको भन्दै एक कार्यक्रमममा टिप्पणी भएको छ । पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेस सल्यानले आयोजना गरेको सुशासन प्रवद्र्धनका निम्ती दलहरुको भुमिका विषयक अन्तरक्रियामा सहभागी दलका प्रतिनिधिले यस्तो दुखेसो राखेका हुन ।

उनहिरुले स्थानिय सरकारलाई नागरिक प्रति उत्तरदायी र जवाफदेहि बनाउन दलले सहयोग नगरेको भन्दै गुनासो राखेका थिए । जवाफमा दलहरुले जनप्रतिनिधिहरुले नै आफुहरुसंग समन्वय नगरेको बताएका हुन ।

अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टीका नेता ओज बहादुर बुढाथोकी, राप्रपाका नेता कर्ण बहादुर सुनार लगायतले यस्ताे बताएका हुन् । सहभागी नागरिक समाज तथा पत्रकारहरुले दललाई जनप्रतिनिधिको तर्फबाट आएको गुनासो सुनाउदै जनप्रतिनिधिको सहयोगी बन्न अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै नेता ओज बहादुर बुढाथोकीले सुशासनका क्षेत्रमा पार्टी पारदर्शी भएर काम गरेको बताए । पछिल्लो समय जिल्लामा राजनीतिक दल र ती पार्टीका उम्मेदवार बनेर जितेका जनप्रतिनिधिका विचमा अन्तरविरोध देखा परेको बताउदैँ उनले यसले सुशासनका सवालमा समस्या भएको बताए ।

उनले राजनीतिक दलले पनि पार्दशी भएर काम गर्नुपर्ने बताए । उनले दलहरूकाे भुमिका पनि न्युन भएकाे बताउदै अब अलि क्रियाशिलता भएर लाग्नुपर्ने बताए । राप्रपाका कर्ण बहादुरले कर्मचारी र जनप्रतिनिधीहरूले पनि सेवाग्राहीकाे काम गर्न नरुचाउने गरेकाे बताए ।

कार्यपत्रमा सुशासनमा दलहरुको भुमिका सहित ५ वटा सुझाव समेटिएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण हरप्लेसका परियोजना कार्यक्रम संयोजक दिपेन्द्र शाहीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार