मंसिर ५, सल्यान । भारतले नेपाली भुमी मिचिरहेको बेला चर्चित लोकदोहोरी गायक भागिरथ चलाउनेले मनछुने गीत सार्वजनिक गरेका छन् । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको भन्दै दाबी गरिरहेको बेला भागिरथले ‘कहिले बाेल्छ देश’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
भारतको ज्यादती विरुद्व विरोध गर्दा उल्टै प्रहरीबाट पक्राउ परिनुपर्ने सम्मको दृश्य गीतमा राखिएको छ । राणा, राजा फाल्दा पनि अरुले देशलाई लुटिरहेको जस्ता शब्द गीतमा समावेश गरिएको छ ।
गीतमा हत्या, बलात्कार, चोरी, डकैटी, घुस, लुटतन्त्रले ग्रसित देशको अवस्था देखेर युवा हार खाएर विदेशीको देखाइएको छ । विदेशीएको छोरालाई प्रकृतिको सुन्दर देश नेपालमै आमाले बोलाइरहेको जस्तो भाव गीतमा छ । तर देशका बढ्दा तुटतन्त्रकाे कारण युवाले बिदेशमै आत्महत्या गरेकाे सम्म गीतमा कथा बुनिएकाे छ ।
गीतको म्युजिक भिडियोलाई सल्यानको विभिन्न ठाउँमा छायांकन समेत गरिएको छ । गायक चलाउनेले आफ्नो जन्मथलो शिद्ध कुमाख गाउँपालिकाकामा रहेको निराजन मावि र त्यस आसपास तथा श्रीनगरको केहि भाग भिडियोलाई कैद गरेका छन् ।
गीतमा गायक चलाउने र गायिका शान्ती श्री परियारको आवाज रहेको छ । गीतमा शब्द र संगीत पनि चलाउनेकै रहेको छ ।
गीतको म्युजिक भिडियोमा चलाउनेसंगै हिवाला गौतम, जुना गुरूङ, रूविना अधिकारी, अर्बिन्द्र अधिकारी, निरज केसी, गणेश हमाल, दिलिप कडेल, कल्यान कार्की, ह्रिदय कार्की, मिलन सुनुवार, नुमा सिङ, प्रेम सिङ, भिम बाहादुर कार्की, गौरा कडेल, चिरीन्जिबि साप्कोटा, मन्जु थापा, यन्जिला क्षेत्री, सुवर्ना दुलाल र सन्तोस सुनुवार अभिनय रहेको छ ।
त्यस्तै निराजन मावि ढोरचौरका शिक्षक र विद्यार्थीको पनि दृश्य भिडियोमा राखिएको छ । हरि बिष्टको निर्देशनमा रहेको उक्त गीत भागिरथ चलाउनेको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहाेस् भिडियाे