• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङमा टिप्परको ठक्कर बाट एक जनाको ज्यान गयो


मंसिर ५, दाङ । दाङ लमहीमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

दाङको लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ११७१ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको रा १ ब ५८७ नम्बरको मोटरसाईकलमा सवार कृषि ज्ञान केन्द्रका कर्मचारी ५८ बर्षीय बन्दुराम चौधरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार बिहीबार पौने ६ बजेतिर टिप्परले ठक्कर दिदा गम्भीर घाईते भएका घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी चौधरीको उपचारकालागि लमही लैजादै गर्दा बाटोमै मृ’त्यु भएको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार