• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा एक जोडीले विवाहको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरे


प्रकाश शर्मा / मंसिर५, सल्यान। सल्यानमा एक विवाहित जाेडिले विवाहमा लाग्ने फजुल खर्च कटाएर विद्यालयलाइ सहयाेग गरेका छन् । जिल्लाकाे दार्मा गाउँपालिका -३ फारुलाका कैलाश हमाल र वबिता बुढाथोकीले आफ्नो विवाहकाे अवसरमा विद्यालयलाइ सहयोग गरेका हुन् ।

आफुले कक्षा १ देखि १० सम्म अध्ययन गरेकाे जन ज्योति मावि फारुलाचौरलाइ उनिहरूले ५१ हजार एक सय ५१ रूपैयाँ सहयोग गरेका हुन। बिहीबार एक कार्यक्रमका बीच कैलाश वबिताले विवाहमा गरिने फजुल खर् बाट केही उपलब्धी नहुँने भन्दै त्याे खर्च बचाएर विद्यालयमा सहयोग गरेकाे बताए ।

दुलहा हमाल हाल अमेरिकाका बस्छन् । सहयाेग कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष टीका शर्मा वली, ३ नम्बर वडाध्यक्ष सेतिराम रोकाय लगाएतकाे सहभागीता रहेकाे थियाे । कर्यक्रमकाे संचालन प्रधानध्यापक टेक बहादुर चन्दले गरेका थिए।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार