• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

किताब, कापी र कलम खोसेर बन्दुक बोकाए कमरेडहरुले


  • गजल

बनाउँछु भनेर सबै भत्काए कमरेडहरूले ।
शान्त देश सोमालिया बनाए कमरेडहरूले ।।

कतिको सिउँदो, कतिको काख, कतिको ममता ।
हिजाे पलभरमै बैकुण्ठ पठाए कमरेडहरूले ।।

बगर देखि बगरसम्म दौडिरहे यी पाइलाहरू ।
जब देखि हाम्रो झुपडी जलाए कमरेडहरूले ।।

जहाँ मेरी आमाले फुलपाति जढाउने गर्थिन ।
त्यहि ठुल दाईको टाउको चढाए कमरेडहरुले ।।

किताब, कापी र कलम खोसेर बन्दूक़ बोकाए ।
त्यसपछि नसोध के के पढाए कमरेडहरूले ।।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार