• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जनगणनाको लागि सल्यानमा ४ ठाउँ कार्यालय हुने, मोबाइल ट्यावबाटै गणना गरिने


मंसिर ६, सल्यान । राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि सल्यानमा अन्तरक्रिया तथा छलफल गरिएको छ । शुक्रबार सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा आगामी ०७८ मा हुने १२ औं राष्ट्रिय जनगणना ‘कस्तो खालको हुन्छ ?’ भनेर जानकारी गराइएको थियो ।

प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तथ्याङ कार्यालय दाङका अधिकृत तुलसीराम पाेख्रेलले जनगणनाको बारेमा प्रष्ट पारेका थिए । उनका अनुसार सल्यानमा जनगणनाको लागी जिल्ला स्तरीय एउटा मुख्य कार्यालय र स्थानीय तह हेर्ने गरि ४ वटा अन्य कार्यालय बनाइने भएको छ ।

दशवटा स्थानीय तहलाई लक्षित गरेर श्रीनगर, कपुरकोट, बनगाड र बागचौरमा कार्यालय स्थापना गरिने तथ्याङ अधिकृत पाेख्रेलले बताए । गणनाको लागि मन्त्री परिषद्बाट निर्णयहरु पारित भैसकेको र २०७७ चैत महिनादेखि प्रत्येक ठाउँमा कार्यालय स्थापना भएर ४ महिने कर्मचारी तोकिने उनको भनाई छ ।

यो दशकको जनगणनाको लागी गणकहरुको शैक्षिक योग्यता प्लस टु र स्नातक तह पास खोजिएको छ । गणना मोबाइल ट्याव र प्रश्नपत्रको काजबाट गरिने तथ्याङ अधिकृत पाेख्रेलले बताए । यो पटकको जनगणनालाई ३ स्थलगत कार्यमा विभाजन गरिएको छ ।

०७८ बैशाख २५ गतेदेखि जेठ १५ गतेसम्म २० दिनको लागी घरपरिवार सुचिरकरण गरिनेछ । त्यसैगरी जेठ २५ गतेदेखि असार ८ गतेसम्म १५ दिनको लागी मुल गणना र सामुदायीक प्रश्नावली तोकिएको छ भने असार ८ गते जनगणना दिवस मनाइने भएको छ । यो जनगणनाको मुल नारा “मेरो गणना, मेरो सहभागिता” राखिएको छ भने लोगो पनि सार्वजनिक गरिएको छ ।

वि.सं. १९६८ देखि सुरु गरिएको नेपालको जनगणना ०२८ देखि कम्प्युटरमा अवडेट गरिन लागिएको हो भने आउदो ०७८ बाट सफ्टवयर मार्फत गाउँबाटै मोबाइल ट्यावमा अवडेट गरिने छ । नेपालमा प्रत्येक १० वर्षमा जनगणना गरिन्छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार