आकर्षक मुर्ती बनाउने सल्यानका ‘मुर्तिकार’ (फाेटाे फिचर)


मंसिर ६, सल्यान । सल्यान बागचौर स्थित टोपेन्द्र डाँगी मुर्ती अब्वल अब्वल छन् । सानै उमेरदेखि कापीका पानामा चित्र बनाउन रुचाउने डाँगी पछिल्लो समय विभिन्न आकृतिका आकर्षक मुर्ती बनाउन थालेका छन् ।

साविकको कोटमौला गाविस ८ धामिढुंगा घर भई हाल बागचौर बजारमा मुर्ती बनाउने तथा लेखन व्यवसायी गर्दै आएका डाँगी अहिले सल्यान, रोल्पा, रुकुम लगाएतका जिल्लाहरुमा मुर्ती बनाउन व्यस्त छन् ।

बागचौर बजारमा ‘टोपेन्द्र कला केन्द्र’ नामक आर्ट संचालन गरि उनले भतिजा हिमाल डाँगी र भान्ज एकराज ओलीलाई समेत उक्त काममा लगाएका छन् । अहिलेसम्म सयौं मुर्ती बनाइसकेको बताउने टोपेन्द्रले भने, ‘पहिला मैले हातले बोर्ड लेख्ने काम गर्थे, तर पछि मुर्ति बनाउने तिर हात हालेपछि अहिले जस्ता पनि मुर्ति बनाउन सक्ने भएको छु । धेरै ठाउँबाट मुर्ती बनाउने कामको अफर आउछ ।’

सल्यानमा पहिले मुर्तीकाहरु नहुँदा विभिन्न मन्दिर निर्माणमा बाहिरी जिल्लाबाट मुर्तिकारहरु आउने गर्दथिए । तर अहिले सल्यान सँगै बाहिरी जिल्लामा समेत आफुले मुर्ती बनाउने गरेको उनले बताए ।

मुर्ति सँगै उनले विभिन्न घरका आकृर्ती, जनावरका चित्रहरु समेत बनाउने गरेका छन् । त्यतिमात्रै नभएर उनले जुनसुकै व्यक्तीको फोटो हेरेर कलमको मसीबाट हातले उस्तै फोटो बनाउने गरेका छन् ।

केहिदिन अघि लेकाली अनलाइनको वार्षिकोत्सव कार्यक्रममा उनले सल्यान जिल्लाका जनप्रतिनिधिहरुका मसीबाट हातले बनाएका फोटाहरु समेत सार्वजनिक गरेका थिए । जहाँ उनको कलाको धेरैले प्रसंसा गरेका थिए । अहिले यो कला क्षेत्रमा टोपेन्द्र सँगै उनका भतिजा हिमाल र भान्ज एकराज पनि अब्वल भएका छन् ।

लेकाली अनलाइनको उक्त वार्षिकोत्सव कार्यक्रममा उनले सल्यानको कुनै एक ठाउँलाई विश्वभरी चिनाउन धार्मिक तथा पर्यटकीय स्थल बनाउने हो भने आफुले ४ वर्षसम्म निशुल्क मुर्ती बनाउन श्रम गर्ने बताएका छन् । सरकारी तहबाट भौतिक निर्माण सँगै प्राविधिक सामाग्री उपलब्ध भएमा आफुले निशुल्क श्रम गर्ने उनले उद्घोष गरेका छन् ।

हेर्नुहाेस् टाेपेन्द्र कला केन्द्रले बनाएका केहि मुर्तीहरू

 

प्रकाशित मिति : २०७६ मङ्सिर ६ गते शुक्रवार