• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

भेरीको किनार हुँदै जाजरकोट पुग्ने सडक (फोटो फिचर)


मंसिर ७, जाजरकोट । कर्णाली प्रदेशमा अवस्थित जाजरकोट एउटा पहाडी जिल्ला हो । प्राकृतिक तथा धार्मिक सम्पदाले उच्च रहेको जाजरकोट समथर बेशी देखि अग्ला पहाडले घेरिएको छ भने यहाँ थुप्रै नदि नालाहरु रहेका छन् ।

जाजरकोट पुग्नको लागी मुख्य सडक भनेको नेपालगन्जबाट सुर्खेतको छिन्चु हुँदै सल्यानको सल्लीबजार भएर भेरी नदिको किनार हुँदै पुगिन्छ । जुन सडकको नाम छिन्चु–जाजरकोट सडक हो ।

सल्यानको सल्लीबजार पार गर्दा भेरी नदिमा पुल छ । जुन पुलको लम्बाई एक सय ८३ मिटर रहेको छ । उक्त पुल पार गरिसकेपछि सुर्खेतको सिम्ता गाउँपालिकाको केहि भागमा सो सडक रहेको छ भने छेडा बजार आइसकेपछि जाजरकोट जिल्लाको भागमा पर्दछ ।

सल्लीबजारबाट जाजरकोट सम्मको दुरी ६२ किलोमिटर छ भने छिन्चुदेखि जाजरकोटसम्म एक सय ७ किलोमिटरको दुरी रहेको छ । भेरी नदि डोल्पामा र रुकुममा उत्पती भई बग्दछ ।

डोल्पामा ठुलीभेरी र रुकुममा सानीभेरी उत्पती भएर रिम्नामा दुवैको भेट हुन्छ । दुवैको भेट हुने रिम्नाबाट बगेको भेरि नदि रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत र बर्दिया हुँदै भारतमा पुग्दछ ।

आज तपाईलाई सल्यानको सल्लीबजारबाट जाजरकोट पुग्दा कैद गरिएका केहि तस्बिरहरु देखाउछौँ ।  


 

 

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार