• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

विद्यार्थी लुट्ने मेडिकल कलेज जोगाउने ट्रीक : आन्दोलन विफल पार्न पेस्तोलको प्रचार


मंसिर ७, चितवन । विद्यार्थीकाे ढाड सेक्नेगरी कलेज प्रशासनले लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजनको माग गर्दै चितवन मेडिकल कलेजका विद्याथीहरु निरन्तर आन्दोलनमा छन् ।  तर कलेजले शुल्क समयोजन गर्ने सहमति कार्यान्वयन गर्न आलटाल गर्दै आएको छ । आन्दोलनलाइ असफल पार्न राज्यकै निकायहरू नै  लागिरहेका छन् ।

कलेज प्रशासनले लाखाैं पैसा असुली गर्ने र विद्यार्थीले त्यसकाे विराेध गर्दा राज्यले नै राेक लगाउने कार्य यसअघि देखि हुँदै आएकाे छ । कलेजकाे लुटतन्त्र विरुद्व चितवनबाट सुरु भएको आन्दोलन वीरगञ्ज र भैरहवासम्म पुगिसकेको छ । त्यसैले भोलि आइतबार अभिभावकसहित वृहत प्रदर्शन गर्ने विद्यार्थीहरुको तयारी थियो ।

तर शनिबार दिउँसो एकाएक भरतपुर महानगरपालिका-५ कैलाशनगरमा रहेको होस्टलमा प्रहरी पुग्यो । ठूलो संख्यामा रहेका प्रहरीले होस्टललाई घेरा हालेर राखेको छ । होस्टलका सुरक्षा गार्डले हतियार भेटिएको सूचना दिएपछि प्रहरी पुगेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए ।

उनकाअनुसार होस्टलभित्र ९ एमएमको पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली भेटिएको छ । तर पेस्तोल कसको हो र कुन अवस्थामा भेटिएको भन्ने प्रहरीले खुलाएको छैन ।

विद्यार्थीहरुले भने आन्दोलनरत आफूहरूलाई फसाउने प्रयास भइरहेको बताएका छन् । सीएमसीमा आन्दोलनको अगुवाई गरिरहेको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्द हुन् । उनी नेत्रविक्रम चन्द विप्लवका छोरा हुन् ।

उनीसहितका विद्यार्थी नेतालाई फसाउन प्रहरीले आफैले पेस्तोल र गोली भेटिएको भनेर आतंक मच्चाएको एक विद्यार्थीले जानकारी दिए । ‘हामी असुरक्षित र आतंकित छौं’ विद्यार्थीले टेलिफोनमा भने, ‘होस्टलमा हतियार भनेर प्रहरीले फसाउन खोज्यो ।’

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजकसमेत रहेका प्रकाशले शनिबार दिउँसो पत्रकारसँग सिएमसीले ५६ करोड ठगी गरेको आरोप लगाएका थिए। त्यसैकाे झाेकमा प्रहरीले उक्त पेस्तोल प्रकाश चन्दले राखेको भनेर ट्रीक लगाएकाे एक विद्यार्थीले बताए । उनले जुनसुकै हालतमा प्रहरीले फसाउन खाेजेपनि कलेजकाे ठगी विरुद्व आफुहरूकाे आन्दाेलन नराेकिने बताए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ७ गते शनिवार