मंसिर ८,काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का नयाँ र पूराना मन्त्रीलाई बालुवाटारमा डिनर गराएका छन्।
शनिबार साँझ प्रधानमन्त्री निवासमा नयाँ र पूराना मन्त्रीलाई परिवारसहित बालुवाटार बोलाइएको थिए।
जमघटमा ओली मन्त्रिपरिषदका पूराना र नयाँ मन्त्रीहरू प्राय: सबै सहभागी थिए। निवर्तमान मन्त्री रघुवीर महासेठ पनि बालुवाटार पुगेका थिए।
‘निबर्तमान मन्त्रीहरूलाई पनि बोलाइएको थियो। प्रधानमन्त्रीले जाने साथीहरूलाई अहिलेसम्मका लागि धन्यवाद भन्नुभयो आउनलेलाई पूरानाका कामलाई निरन्तरता दिने भन्ने भन्नुभयो,’ निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले भने ।