दाङ तुलसीपुर कारागारका कैदीले खेलेकाे भैलाेबाट संकलित रकमले फिल्टर जडान


मंसिर ८, दाङ । अधिकाशं भैलाे समूहले संकलन गरेकाे रकम मदिरा र मासुमा खर्च भइरहेकाे समयमा यहाँका कैदीहरुले भने उदाहरणी काम गरेका छन् ।

दाङकाे तुलसीपुर कारागारका कैदी बन्दीहरुले तिहारमा भैलाे खेलि संकलन गरेकाे रकमबाट अाफूहरुलाई सुरक्षित पानीकाे व्यवस्था गरेका हुन् । सास्कृतिक कार्यक्रम सहितकाे भैलाेबाट संकलित ५० हजार रुपैंयाँ मध्यकाे केही रकमले अाफूहरुलाई शुरक्षित खानेपानीकाे व्यवस्था गरेकाे कैदी चाैकिदार नरेन्द्र घर्तीले बताए ।

जेलर जाेखिम वली संग समन्वय गरेर अाफूहरुले कारागार भित्रै सञ्चालन गरेकाे उनले बताए । कारागारकाे नयाँ भवनमा रहेका २ सय ८७ जना कैदीहरुले यसअघि बाेरिङ्काे पानी पिउँदै अाएका थिए ।इलेक्ट्रिक फिल्टर जडान संगै उनीहरुले सुरक्षित पानी खान पाउने भएका छन् ।

फिल्टर जडान गरि बचेकाे रकमले अाफूहरुले कारागार भित्रैे पिकनिक खाने चाैकिदार घर्तीले बताए ।
तुलसीपुर गारागारकाे पुरानाे र नयाँ भवन गरि तीन सय जना क्षमता रहेकाेमा त्यहाँ ४ सय ६४ जना कैदी बन्दी रहेकाे जेलर जाेखिम वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार