• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानकाे कपुरकाेट गाउँपालिकामा ३ महिनामा ३ जना हाकिम परिवर्तन


मंसिर ८, सल्यान । सल्यानकाे कपुरकाेट गाउँपालिकामा महिनापिच्छै प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुने गरेका छन् । यसैवर्षकाे असाेज, कार्तिक र मंसिर महिनामा मात्रै ३ जना प्रशासकीय अधिकृत परिवर्तन भएका छन् ।

०७६ असाेज १ गतेसम्म प्रमुख प्रशासकीयकाे रूपमा काम गरेका सुवाश रिजालकाे सरुवा भएयताकाे ३ महिनामा ३ जना हाकिम चेेेेेन्ज भएका हुन् ।  स्थानीय तह बनेदेखि अहिलेसम्म कपुरकाेट गाउँपालिकामा ६ जनाले प्रशासकीय अधिकृतकाे कार्यभार समालेका छन् ।

१. गुरु प्रसाद याेगी-  २०७३ फागुन २७ देखि २०७३ चैत्र २२ गतेसम्म ।

२. रेमन्त बहादुर डाँगी- २०७३ चैत्र २३ देखि २०७४ कार्तिक १४ गतेसम्म ।

३. सुवाश रिजाल- २०७४ असाेज २९ देखी २०७६ असाेज १ गतेसम्म ।

४. अमर बहादुर वली- २०७६ असाेज २ देखि २०७६ कार्तिक १९ गतेसम्म । 

५. अरुण दाहाल- २०७६ कार्तिक २० देखि २०७६ मंसिर ७ गतेसम्म ।

६. हिरालाल भण्डारी- २०७६ मंसिर ८ गतेदेखि सुरु…

समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारीको बीचमा समन्वय आवश्यक

यसैबीच आईतबार कपुरकोटमा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हिरालाल भण्डारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमका वक्ताहरुले समृद्धिका लागि जनप्रतिनिधी र कर्मचारीको विचमा समन्वय आवश्यक रहेको बताएका छन्। गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले लक्ष्यमा पुग्न र विकास निर्माण देखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सबै पक्षले आआफ्नो जिम्मेवारि पुरा गरेमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताए । ‘म एउटा लाईसेन्स प्राप्त ड्राईभर हो,’ कर्मचारीहरुलाई इंगीत गर्दै उनले भने, ‘गाडिका हरेक पार्टपुर्जाले काम गरे भने मात्रै मैले गाडिलाई गन्तव्यमा पुर्याउन सक्छु । त्यसैले यहाँका शिक्षा, स्वास्थ्य, पशु, कृषि लगाएतका शाखाले आआफ्नो क्षेत्रबाट जिम्मेवारपूर्वक काम गर्नुपर्छ ।’ कपुरकोट लगाएत देशभरका स्थानीय तहहरु कर्मचारि अभाव, भौतीक संरचनाको अभावमा रहेकाले आफुले कायापलट नै गर्न भने नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा हाल सम्म निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका अरुण दाहाल, वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्का, २ का वडाध्यक्ष मान बहादुर राना, ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माण देखि प्रशासनीक काममा बाधा पुगेको बताएका थिए । प्रमुख प्रशासकीय अधिकृत भण्डारी दाङको राजपुर गाउँपालिकाबाट सरुवा भएर कपुरकोट आएका हुन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार