• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

सल्यान जलेखर्ककाे लक्ष्मी आधारभु विद्यालय बालमैत्री बन्याे (फाेटाे फिचर)


मंसिर ८, सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका १ र बागचौर नगरपालिका ९ को सिमानामा रहेको लक्ष्मि आधारभुत विद्यालय पछिल्लो समय बालमैत्री विद्यालय बनेकाे छ । कक्षा ५ सम्म संचालनमा रहेको यो विद्यालयलाई बालमैत्री सुधारको लागि कर्णाली प्रदेश सरकारले सहयोग गरेसँगै विद्यालय गुनस्तरिय बालमैत्री बन्दै गएको हो ।

बालमैत्री बनाउन शिक्षण सुधार तथा शैक्षिक सामाग्रीको लागि कर्णाली सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख रुपैया सहयोग गरेपछि विद्यालय नमुना बन्दै गएको प्रधानध्यापक ढाँकु शाहीले बताए । पहिले शैक्षिक सामाग्रीमा अस्तव्यस्त भएको उक्त विद्यालयमा अहिले थुप्रै शैक्षिक तथा शिक्षण सामाग्रीहरु राखिएका छन् ।

जहाँ मिनी लाइबेरी, प्रत्येक कक्षा कोठामा विभिन्न खालका पुस्तक, शैक्षिक पोस्टर, मनोरञ्जनात्क खेलकुद सामाग्री राखिएको छ । विद्यार्थलाई किताब घोक्न लगाउनुभन्दा खेलौनाका सामाग्री देखाएर पढाउदा छिटो शिक्षा आर्जन हुने प्रअ शाहीले बताए ।

त्यसैगरी २०३२ सालमा स्थापना भएको यो विद्यालय केहि जिर्ण भएपनि अहिले दुईवटा ब्लक र सौचालयहरु आधुनिक पक्की बनाइसकेको विव्यस अध्यक्ष मोहन चन्दले बताए । उनले भने, ‘भौतिक संरचनामा सुधार हुँदैछ । यो क्षेत्रको सबैभन्दा पुरानो विद्यालय भएकोले पनि हामीले यसलाई विषेश रुपमा हेरेका छौँ । बालमैत्री नमुना विद्यालय बनाउने हाम्रो लक्ष्य छ ।’

प्रकाशित मिति : २०७६ मङ्सिर ८ गते आइतवार