मंसिर १०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ ।
उहाँलाई मंगलबार बिहान पौने ९ बजेतिर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएको उहाँको सचिवालयका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको मृगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परिक्षण र उपचार हुने गरेको छ ।
प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ ।