दार्मा खोला तरकारी, स्याउ फल्छ मालिकामा


  • गजल

प्रविधिकहरुले गाउँ-गाउँमा गरे प्रचार सम्भव छ
“एक घर एक करेसावारी” भने अनुसार सम्भव छ

दार्मा खोला तरकारी, स्याउ फल्छ मालिकामा
कूषिमा केही सोचौ, स्थानिय सरकार सम्भव छ

कूषिलाई आधुनिकरण गरेर कृषि क्रन्ति गर्न
ब्यबस्थापन गर्नै पर्छ कृषि बजार सम्भव छ

मेहनती र लगनशील युवाहरुलाई अनुदान दिएर
यसरी पनि हटाउन सकिन्छ बेरोजगार सम्भव छ

यो समाज र देश आर्थिक रुपमा मजबुत हुन सक्छ
हामी सबैले राख्यौ भने कृषिमा सरोकार सम्भव छ

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार