• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

त्रिभुवन विमानस्थल मध्यरातमा ८ केजी सुनसहित दुई जना पक्राउ


मंसिर १३, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक नियमित जाँचका क्रममा सुनसहित समातिएको भन्सार कार्यालयका एक अधिकृतले बताए ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार