• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

निर्वाचनको पुर्वसन्ध्यामा दाङमा सुरक्षा प्रमुखहरुको मतदातालाई यस्ताे अपिल


शरद रेग्मी  / दाङ, १३ मंसिर ।  भोलि मंसिर १४ गते हुने उपनिर्वाचनको सवै तयारी पुराभएको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनमा बुथ निर्माण, कर्मचारीको खटनपाटन, सुरक्षा परीचालन लगायत सवै तयारी सम्पन्न भै सकेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

निर्वाचनको तयारी सम्वन्धी रिपोर्टर्स क्लव दाङले आज श्रीगाउँमा आयोजना गरेको पत्रकार समेलनमा बोल्दै निर्वाचन समितिका संयोजक रिजालले मतदान विहान ७ बजेदेखि ५ बजेसम्म हुने बताए । सहज र सुरक्षित एवं भयरहित वातावरणमा मतदानका लागि सुरक्षा निति बमोजिम तीन तहको सुरक्षाघेरा व्यवस्थापन भैसकेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

‘मतदानमा भयरहित अवस्थानमा सहभागि हुन पाउने व्यवस्था भैसकेको छ, ढुक्कका साथ मतदान गर्नुस’, उनले भने । उनले ४ स्थानका मतदान केन्द्रहरु अति संवेदनसिल रहेको भन्दै कुनै अप्रिय घटना भए तत्कालै थप प्रहरि पुग्ने बताए ।

नेपाल प्रहरी, विशेष स्ट्राइकिङ फोर्स, शशस्त्र प्रहरी र नेपाली सेना समेत आवस्यकता अनुसार परीचालन गरीएको सुरक्षा अधिकारीले बताएका छन् । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने छ, दोस्रो घेरामा शशस्त्र प्रहरीहरु रहने छन् भने वाहिरि घेरामा आवश्यकता अनुसार नेपाली सेना रहनेगरी विशेष सुरक्षा व्यवस्थापन गरीएको छ ।

त्यसैगरी सुरक्षाकालागी मोवाइल स्ट्राइकिङ टोलि समेत परीचालन भैसकेको छ । निर्वाचनमा ४ सय १० कर्मचारी परीचालित छन् ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख वुद्धिबहादुर खत्रीले प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नं ३ (ख) र घोराही उप महानगरपालिका वडा नं १६ मा हुने उप निर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता रहेको बताए । उनले सवै निर्वाचन स्थलमा सवै तयारी पुराभएको बताए । कार्यक्रमको सहजिकरण रिपोर्टर्स क्लव दाङका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार