रुकुममा जिप दुर्घटना हुँदा एक जनाको मृ’त्यु, ९ घाइते


मंसिर १३, रुकुम । रुकुमपूर्वमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। दुर्घटनामा ९ यात्रु घाइते भएका छन्।  रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट रुकुमपूर्वको तकसेरा जाँदै गरेको रा १ ज ४४४ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका-३ जिपखोलामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा सोही गाउँपालिका-२, खावाङ्ग बगरका ३ वर्षीय मनिष पुनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।  उनका अनुसार तीनजना पुरुष र ६ जना महिला गरेर ९ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको डीएसपी खड्काले जानकारी दिए।

घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७६ मङ्सिर १३ गते शुक्रवार