एचपी मगर/ मंसिर १३, सल्यान । सल्यान बागचौर नगरपालिका -४ पेदिखोलामा रहेकाे सरस्वती मा.वि. ले कर्णाली प्रदेश सभा सदस्य गुलाव जंग शाहलाई मागपत्र बुझाएकाे छ । शुक्रबार सिमखोली-लौराबाङ्ग कृषि सडककाे उद्घाटन गर्न आएका सांसद शाहलाइ विद्यालयले एक कार्यक्रम गरेर माग पत्र बुझाएकाे हाे ।
विद्यालयमा आवश्यक भौतिक पुर्बाधार, खेल मैदान निर्माण लगाएताका माग सहितको पत्र बुझाएको वद्यालयका प्राचार्य रामरोशनी बस्नेतले बताए । मागपत्र बुझ्दै सांसद शाहले विद्यालयका आवश्यकताहरु पूरा गर्न आफुले भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश सभा सदस्य गुलाव जंग शाह सँगै बनगाड नगरपालिका प्रमुख गोबिन्द पुन, बागचौर नगरपालिका उप-प्रमुख कल्पना पुन, ने.क.पा कर्णाली प्रदेश कमिटी सदस्य कृति बहादुर पुन लगाएतकाे कार्यक्रममा उपस्तिथि रहेको थियाे । विव्यसका कार्यबाहक अध्यक्ष तथा वडा अध्यक्ष प्रेम बहादुर पुनकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन रवि किरण ओलीले गरेका थिए ।