• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

उपनिर्वाचन अपडेट : सल्यानमा १६ प्रतिशत मत खस्याे


मंसिर १४, सल्यान । सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ मा बिहान १० बजेसम्म १६  प्रतिशत मत खसेकाे छ । कुल १ हजार ८ सय ३९ मतदाता रहेकाेमा २ सय ९९ मत खसेकाे प्रमुख जिल्ला अधिकारी चुडाराज न्याैपानेले बताए ।

रिक्त रहेकाे वडा अध्यक्ष पदका लागी यहाँ बिहान ७ : १५ बजेदेखि मतदान सुरु भएकाे थियाे । चिसोका कारण मानिसहरूकाे उत्साहजन भिड नभएपनि सामान्य तरिकाकाे लाइनमा मतदान भइरकाे उनले बताए । सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान केन्द्र (क) र (ख) बाट मतदान भैरहेकाे छ ।

(क) केन्द्रबाट महिला ८९ र पुरुष ७४ काे मतदान खसेकाे छ भने (ख) केन्द्रबाट ७२ महिला र ६४ पुरुषकाे मत खसेकाे छ ।

यहाँ (क) मतदान केन्द्रमा ९ सय ५२ र (ख) मतदान केन्द्रमा ८ सय ८७ मतदाता रहेका छन् । वडा अध्यक्ष पद लागि हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट धर्मे बुढाथोकी, नेपाली काँग्रेसको तर्फबाट खड्क बहादुर बोहरा र राप्रपाको तर्फ बाट गोपाल शाहले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार