मतदान केन्द्रमै रहेको पानी खाने अम्खोरामा भेटियाे टाईम बम


मंसिर १४, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो ।

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । उक्त मोबाइलमा ८ बजेर ५ मिनेको समयपनि निर्धारण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

फेला परेको अम्खोरामा पि ए के विस्फोटक पदार्थ भरिएको थियो। विस्फोट हुनुभन्दा अगाडीनै सुरक्षाकर्मीले जानकारी पाएको थियो। बम भनिएको उक्त विस्फोटक पदार्थलाई रणशेर गणबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार