नेपालका जंगलमा काठ कुहिए, विदेशबाट पौने ६ अर्बको आयात


मंसिर १४, काठमाडौं । वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै ५ अर्ब ७५ करोड रुपैयाँबराबरको काठ आयात भएको छ । नेपालको वनमा काठ कुहिएको अवस्था भए पनि त्यसको व्यवस्थापनमा सरकारको ध्यान नहुँदा आयात बढेको विज्ञहरूको भनाइ छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएको थियो ।

इन्डोनेसिया, मलेसिया, म्यानमार, युक्रेनलगायत मुलुकबाट १ अर्ब ५१ करोड ५० लाख १५ हजार रुपैयाँबराबरको गोलिया काठ आयात भएको भन्सार विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार