मंसिर १४, राेल्पा । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा १६.०९ प्रतिशत मत खसेकाे छ । रिक्त रहेकाे वडा अध्यक्ष पदकाे लागि भएको उपनिर्वाचनमा २ सय ५ जनाले मतदान गरेका छन् । जसमा कुल १ हजार २ सय ७४ मतदाता रहेका थिए ।
बिहान ७ बजेबाट सुरु भएको मतदानमा सुरुको अबधिमा सुनसान भएपनि दिउँसो केही मतदाताले मत हालेका थिए । मतदान गर्नेहरूमा पुरुष १ सय १० जना र महिला ९५ जना रहेका छन् ।
सरकारद्वारा प्रतिबन्धीत नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाको प्रभाव रहेको याे थबाङमा यसअघि पनि थाेरै मात्रमा मत खसेकाे थियाे । स्वतन्त्र उम्मेद्वार दिएर जितेका फर्क बहादुर रोकाकाे निधन भएपछि यहाँ उपनिर्वाचन भएकाे हाे ।
उपनिर्वाचनको लागि नेपाली कंग्रेसबाट कलम बहादुर रोका मगर तथा नेपाल कम्युनिष्ठ पार्टी नेकपाबाट जनक बहादुर बुढामगर उम्मेद्वार रहेका छन । मत कम मात्र खसेकाले आज राती नै मत परिणाम आउने बताइएको छ । अहिले केहीबेरमा सर्बदलीय बैठक बसेर साझ ६ः३० बाट मतगणना हुने मतदान अधिकृत सुवेदीले जानकारी दिए ।