सल्यानकाे कुमाख -५ मा धर्मे बुढाथोकी विजयी


मंसिर १४, सल्यान । सल्यानकाे कुमाख गाउँपालिका -५ काे वडा अध्यक्षमा नेकपाका उमेदवार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्। पुर्व माअाेबादी निकट उनि ७ सय ९२ मत ल्याएर विजय भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका खडक बहादुर बोहराले २ सय ५१ मत र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । याे वडामा कुल मतदाता  १ हजार ८ सय ३९ रहेकाेमा १ हजार १ सय २४ जनाले मतदान गरेका थिए । जसमा ६० मत बदर भएकाे मुख्य निर्वाचनकाे कार्यालय सल्यानले जनाएकाे छ ।

यसअघि पनि याे वडामा माअाेवादीका हरि प्रकाश बुढाथाेकीले वडा अध्यक्ष जितेका थिए । उनि जिल्ला समन्वय समिती सल्यानमा अाइसकेपछि यहाँ उपनिर्वाचन भएकाे हाे ।

प्रकाशित मिति : २०७६ मङ्सिर १४ गते शनिवार