मंसिर १५, काठमाडाैं । शनिबार सम्पन्न उपनिर्वाचनमा कुल ४३ वडाध्यक्षहरु चुनावी मैदानमा थिए । उनीहरुमध्ये अधिकांशको चुनावी नतिजा रातारात आइसकेको छ ।
लेकाली अनलाइनलाइ प्राप्त विवरण अनुसार अहिलेसम्म नतिजा आइसकेकाे वडाहरूमा सबैभन्दा धेरै नेकपाले जित हाँसिल गरेकाे छ । ३९ वटा वडाकाे नतिजामध्ये नेकपाले २२, काँग्रेसले ११, राजपाले ३ र समाजवा पार्टीले ३ ठाउँमा वडा अध्यक्ष जितेका छन् ।
नेकपाले जितेका वडाध्यक्षहरू
१. थवाङ गाउँपालिका- १ रोल्पामा जनकबहादुर बुढा मगर
२. कुमाख गाउँपालिका- ५ सल्यानमा धर्मे बुढाथोकी (ज्वाला)
३. खाँदबारी नगरपालिका-१३ संखुवासभामा भरतकुमार घिमिरे
४. साकेला गाउँपालिका-३ खोटाङमा शिवकला राई
५. उमाकुण्ड गाउँपालिका-५ रामेछापमा कुलबहादुर बस्नेत
६. इन्द्रावती गाउँपालिका-८ सिन्धुपाल्चोकमा केदारनाथ आचार्य
७. धुलिखेल नगरपालिका- २ काभ्रेपलाञ्चोक देवप्रसाद कोइराला
८. दक्षिणकाली नगरपालिका- ३ काठमाडौंमा शिवभक्ति बलामी
९. पुनर्वास नगरपालिका- ३ कञ्चनपुरमा कृष्णबहादुर तामाङ
१०. प्युठान नगरपालिका- २ प्युठानमा मुक्ति पोखरेल
११. सुन्दरबजार नगरपालिका- २ लम्जुङमा नवीनकुमार श्रेष्ठ
१२. बडिगाड गाउँपालिका- २ बाग्लुङमा ढालप्रसाद शेरचन
१३. त्रिवेणी नगरपालिका-१ बाजुरामा मनराजे बुढा
१४. आदर्श गाउँपालिका- २ डोटीमा रामबहादुर बोहरा
१५. कोहलपुर नगरपालिका- ६ बाँकेमा रामशरण थारु
१६. रुरु क्षेत्र गाउँपालिका- ६ गुल्मीमा गिरीप्रसाद सिंजाली
१७. पौवादुङमा गाउँपालिका- १ भोजपुरमा जीतेन्द्र राई
१८. बुंदीकाली गाउँपालिका -५ नवलपुरमा खिमबहादुर थापा खरु मगर
१९. कल्याणपुर नगरपालिका–१२ सिरहामा दिलिपकुमार यादव
२०. फिदिम नगरपालिका–१, पाँचथरमा गजाधर भट्टराई
२१. पुर्चौडी -४ बैतडीमा शैलेन्द्र धानुक
२२. मल्लेख गाउँपालिका–५ अछाममा रमेश खड्का
काँग्रेसले जितेका वडाध्यक्षहरू
१. घोराही उपमहानगरपालिका -१६ दाङमा ताराबहादुर डाँगी
२. बलवा नगरपालिका-२ महोत्तरीमा विपिन पजियार सुडी
३. गढिमाई नगरपालिका-२ रौतहटमा दीपेन्द्र श्रेष्ठ
४. भरतपुर महानगरपालिका–१६ चितवनमा अमृत हमाल
५. खैरहनी नगरपालिका-४ चितवनमा देवबहादुर बस्नेत
६. खैरहनी नगरपालिका-५ चितवनमा प्रतिमा कार्की
७. मालारानी गाउँपालिका- ६ अर्घाखाँचीमा शोभाखर खनाल
८. सुर्नया गाउँपालिका- १ बैतडीमा धनबहादुर चन्द
९. दोगडाकेदार गाउँपालिका- ४ बैतडीमा सुरेन्द्रप्रसाद भट्ट
१०. धनपालथान गाउँपालिका -२ मोरङमा नारायणप्रसाद साह
११. हिलिहाङ गाउँपालिका–७, पाँचथरमा तिलविक्रम इधिङगो
राजपाले जितेका वडाध्यक्षहरू
१. छिन्नमस्ता गाउँपालिका-७ सप्तरीमा प्रमिलादेवी यादव
२. मटिहानी नगरपालिका-६ महोत्तरीमा रामबाबु नायक
३. शिवराज नगरपालिका- १० कपिलवस्तुमा मन्जु मिश्र
समाजवादीले जितेका वडाध्यक्षहरू
१. हरिपुर्वा नगरपालिका- १ सर्लाहीमा श्यामबाबु राय
२. सखुवा प्रसौनी गाउँपालिका- ५ पर्सामा रुपलाल कुमार यादव
३. बारागढी गाउँपालिका–१ बारमा सुरेश चौधरी
यसैबीच प्रदेश सभा र प्रतिनिधि सभाकाे उपचुनावकाे मत गनना जारी छ ।
मतगणनाअनुसार भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। आइतबार बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४ सय ३६ मतले अघि रहेका छन्। भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन्।
त्यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टीकी उमेदवार विद्या भट्टराईले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणामअनुसार भट्टराईले ३ हजार २ सय ७६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन्। समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन्।
त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्यका लागि मतगणना भर्खर सुरु भएकाे छ । यहाँ ४५ हजार ७ सय १८ मत खसेको छ । कुल ६८ हजार ७ सय १९ मतदाता मध्ये ६६.५२ प्रतिशत मत खसेको हो ।