दाङमा रुखमा भोट किन हालेको भन्दै कुटपिट


मंसिर १५, दाङ । नेपाली काँग्रेसको चुनाव चिन्ह  रुखमा मतदान गरेको भन्दै पश्चिम दाङमा एकजना माथि कुटपिट भएको छ ।

बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले निवासी नेकपाका स्थानीय नेता टंक रेग्मीले नेपाली काँग्रेसका स्थानीय धुर्व मल्ललाई कुटपिट गरेका छन् ।

‘किन रुखमा भोट हालिस भन्दै अनाहकमा रेग्मीले मलाई कुटपिट गरे,’ मल्लले भने । उनले आफुले न्याय पाउनु पर्ने तथा दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छ्न ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार