• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको त्रि.ज.मा.वि.ले गर्याे शैक्षिक भेटघाट


मंसिर १५, सल्यान । सल्यान सदरमुकाम खलंगा लुहापिङमा रहेको त्रिभुवन जन माविमा शैक्षिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सल्यान प्रदेश सभा (क) का सदस्य गुजावजंग शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा आगामी दिनहरुमा पठनपाठनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना प्रधानध्यापक माधब जिसीले बताए । २००७ सालमा स्थापना भएको यो विद्यालय हाल मावि तहमा कक्षा १२ सम्म संचालन छ भने सोहि स्थानमा सल्यान बहुमुखी क्याम्पसको नाममा स्नातक तहसम्म पढाई भइरहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति सांसद शाहले शिक्षा क्षेत्रमा कर्णाली प्रदेशले तत्पर लागिरहेको र धेरै बजेट पनि बिनियोजन गरेको बताए । उनले त्रिजमावि सल्यानको सदरमुकाममा भएकोले पनि आफुहरुले विषेश रुपमा हेरेको बताए ।

कार्यक्रममा प्राधनध्यापक माधव जिसी, नेकपाका सल्यान जिल्ला कमिटी सदस्य ओज बहादुर बुढाथोकीले पनि मन्तव्य राखेका थिए । विव्यस अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानध्यापक मधुसुधन शर्माले राखेका थिए भने संचालन शिक्षक रुपक शाहले गरेका थिए ।

सरकारले नेपालमा कक्षा १२ सम्म निशुल्क भनेपनि कतिपय ठाउँमा त्यो लागु नभएको देखिन्छ । पढाई कस्तो बनाउने भन्ने प्रमुख दायीत्व विद्यार्थी र अभिभाबकको पनि मुख्य भुमिका हुनु पर्दछ । पछिल्लो समय प्राविधिक शिक्षा तर्फ विद्यार्थीको ध्यान गएकोले त्यसतर्फ पनि सोच्न सरोकारवालाले ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार