• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका ५ जनाको पोखरामा मृत्यु भएको घटनाप्रति विप्लव नेकपाद्वारा दुख व्यक्त


मंसिर १५, सल्यान । कास्कीको पोखरा महानगरपालिका २० मौजामा ढिस्कोले पुरिएर सल्यानका ५ जना मजदुरको निधन भएको घटनाप्रति नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले दुख व्यक्त गरेको छ ।

उक्त पार्टी सल्यान जिल्ला सेक्रेटरी लोक्पालले आइतबार जारी गरेको शोक वक्तव्यमा बागचौर नगरपालिका वडा नम्बर ४ पेदिखोला निवासी जागेन्द्र बुढाथोकी, दोभान बस्नेत, जित बहादुर बस्नेत, गनेश ओली र खिमलाल ओलीको मृत्यु भएको जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘देशमा व्याप्त बेरोजगारी समस्याले गर्दा आम जनसमुदायीहरु दिन प्रतिदिन रोजगारीको लागि घर छोड्न बाध्य भएका छन् । एकतिर सरकारले युवा रोजगारको नारा लगाउदै आफ्नो सत्ता लम्ब्याइरहेको छ भने अर्कोतर्फ गरिबीको कारण युवाहरु रोजगारको लागि आफ्नो ज्यान बाजीमा राखिरहेका छन् । यो देशको कहालीलाग्दो अवस्था हो ।’

साथै उक्त पार्टीले आगामी दिनमा यस्ता कामहरुमा सम्बन्धीत निकायले सतर्कता अपनाउन र सरकारलाई रोजगारको ग्यारेन्टी गर्न आग्रह गरेको छ । वक्तव्यमा मृतकको परिवारलाई उचित क्षेतिपुर्ती दिन माग गरिएको छ ।

आइतबार बिहान पाेखराकाे मनिपाल- र्यालेचौर-मौजा-बिसौना हुँदै सिक्लेस र मनाङ पुग्ने सडक खण्डमा कार्यरत सल्यान पेदिखालाका ५ जना मजदुरकाे माटाेकाे ढिस्काेमा पुरिएर ज्यान गएकाे थियाे ।

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार