ढिस्कोले पुरिएर ५ जनाकाे ज्यान गएपछि सल्यानकाे पेदिखाेला शाेकमा


मंसिर १५, सल्यान । कास्कीकाे पोखरा महानगरपालिका –२० मौजामा ढिस्कोले पुरिएर ५ जनाले ज्यान गुमाएपछि सल्यानकाे बागचाैर नगरपालिका ४- पेदिखाेला शाेकमा डुबेकाे छ । एउटै गाउँका ५ जनाकाे मृ’त्यु भएपछि अहिले पेदिखाेला शाेकमा डुबेकाे हाे ।

पेदिखाेला स्थित पत्रकार एचपी मगरकाअनुसार ज्यान गुमाउने ५ जनाकाे घर नजिक-नजिक रहेकाे छ ।  मृतकका परिवारहरू शव बुझ्न पाेखरा गइसकेकाे उनले बताए । उनले भने, ‘आज यहाँ अन्य दिनकाे जस्ताे चहलपहल छैन् । गाउँ पुरै सुनसान छ । मृ’तकका परिवारहरूमा रूवाबासी छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले मृ’तक ५ जनाकै शव सल्यान पठाउने तयारी भैरहेकाे बताए । लेकाली अनलाइनसँग फाेनमा कुरा गर्दै उनले कागज प्रक्रिया सबै तयार पारिएकाे र परिवारका सदस्य आउनसाथ पाेष्टमार्टम गरेर जिम्मा लगाइने बताए । उनका अनुसार शव साेमबार सल्यान आइपुग्नेछन् ।

तस्बिरः पोखरा–२० को मौजामा ढिस्कोले पुरिएकाकाे खाेजिकार्य गरिदै

शवलाइ घरसम्म पुर्याउनकाे लागी पाेखरा महानगरपालिकाले गाडी र क्रिया खर्चकाे व्यवस्था गरेकाे सिडियाे केसीले बताए । विपद् जाेखिम व्यवस्थापन शाखाबाट केहिदिनमा मृ’तकका परिवारलाइ एक/एक लाखका दरले राहत उपलब्ध गराउने उनले बताएका छन् ।

आइतबार बिहान पाेखराकाे मनिपाल- र्यालेचौर-मौजा-बिसौना हुँदै सिक्लेस र मनाङ पुग्ने सडक खण्डमा कार्यरत पेदिखालाका जागेन्द्र बुढाथोकी, दोभान बस्नेत, जित बहादुर बस्नेत, गनेश ओली र खिमलाल ओलीको माटाेकाे ढिस्काेले पुरिएर ज्यान गएकाे थियाे ।

याे पनि: पोखरामा माटोमा पुरिएर सल्यानका ५ जना मजदुरको मृ’त्यु

याे पनि: सल्यानका ५ जनाको पोखरामा मृत्यु भएको घटनाप्रति विप्लव नेकपाद्वारा दुख व्यक्त

प्रकाशित मिति : २०७६ मङ्सिर १५ गते आइतवार