मंसिर १६, दाङ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विमला कुमारी खत्री (ओली) निर्वाचित भएकी छिन् ।
उनी २४,२८६ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए। विमलाले निकटतम् प्रतिद्वन्दी भन्दा ५१०४ बढी मत पाइन्।नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यले १९,१ ८२ मत प्राप्त गरे।
साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पाटी संयुक्तका छोटी लाल थारुले १३८ मत पाए ।
उननिर्वचनकाे लागि याे निर्वाचन क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ७ सय ९७ मत बदर भएको थियो ।