‘पर्खि बसे फर्की आउछु’को शुभमुहर्त तुलसीपुरमा


मङ्सिर-१६,दाङ।सोमबार दाङ तुलसीपुरमा राजबहादुर सानेले एक्सन कट गर्ने फिल्म ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त गरिएको छ। नेपाली काङ्ग्रेसका नेता एवं पुर्व सिचाइ मन्त्री दीपक गिरिको प्रमुख आतिथ्यतामा शुभ मुहर्त कार्यक्रम सम्पन्न भएको हो। फिल्म नाइँ नभन्नु ल को सिरिजमा गीत गाएर एकाएक चर्चामा आएका गायक प्रेम परियारले नायकको रुपमा डेब्यु गर्न लागेको फिल्मका प्रस्तुतकर्ता रोशन कुमार थापा रहेका छन्।
रोशनी फिल्मस प्रा.लि.को ब्यानरमा दाङका व्यवसायी एवं समाजसेवी यमकान्त भन्डारीले निर्माण गर्ने फिल्मको कार्यकारी निर्माता खेमराज वि.क रहेका छन्। कलाकार कमल गाउँलेले एक्सन कट र दङ्गाली निर्माता तथा कलाकार रम्बा ओलीले नरिवल फोरेको शुभ मुहर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार प्रेम परियार,समिक्षा बस्नेत र देव सागरले मुहर्त सर्ट दिएका थिए। स्मरण रहोस् नायिका समिक्षाले पनि यहि फिल्मबाट रजतपट डेब्यु गर्दैछिन ।

मुहर्त संगै फ्लोरमा गएको फिल्मको करिब ९० प्रतिसत छायांकन दाङमा गरिने छ भने बाकी छायांकन सल्यान जिल्लामा गरिने निर्देशक सानेले बताए। ३० दिनको छायांकन सेडयुल बनाइएको फिल्मको लागत ७० लाख रहेको छ।

लभ स्टोरी जनराको फिल्ममा प्रेम ,समिक्षा र देवको अलवा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दिपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी पनि मुख्य भूमिका रहनेछ। कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहने फिल्ममा बसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ । अरुण सुनारले खिच्ने फिल्ममा सानु कुमार महर्जनको द्वन्द रहेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार