• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु


मंसिर १७, बागलुङ ।    जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृ,त्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको जनाइएको छ।

बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो। गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृ,त्यू भएको छ। तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए। मृ,त्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार