• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

नेपालका लागि स्वर्ण ०.०१ सेकेण्डको अन्तरमा भारतीय धाविकालाई हराउँदै सन्तोषीले जितिन्


मंसिर १७, काठमाडाैं ।  सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्। श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्समा खाता खोलेकी हुन्।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्।

उनले भारतीय खेलाडीलाई पछि पारिन्। दोस्रो बनेकी भारतकी कविता यादवलाई पछि पारिन्। भारतीय खेलाडी यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा दूरी पूरा गरिन्।

एथ्लेटिक्समा नेपालका लागि टंक कार्कीले पनि पदक जितेका छन्। उनले पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका हुन्। उनले ३ मिनेट ५९.२० सेकेण्डमा दौड पूरा गरे।

यो प्रतिस्पर्धामा भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेण्डका साथ पहिलो र भारतकै अजित कुमार ३ मिनेट ५७.१८ सेकेण्डमा दोस्रो भए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार