• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको सिद्ध कुमाखमा अपाङगता भएका व्यक्तिहरुलाई सम्मान


मंसिर १७, सल्यान । आज २८ औ अन्तराष्ट्रिय अपाङग दिवसको अवसरमा सल्यानको सिद्ध कुमाख गाउपालिकाले गाउपालिका भित्रका ७३ जना अपाङ भएका ब्यक्तिहरुलाइ सम्मान गरेको छ ।

दिगो बिकासको लक्ष्य, अपाङमैत्रि भविष्य भन्ने नाराका साथ गाउपालिका भित्रका नेपाल सरकारद्धरा प्रदान गरिने सामाजिक सूरक्षा भत्ता अन्तर्गतका ९क० वर्गाका १६ जना र ख वर्गका ५७ जना गरी जम्मा ७३ जना अपांगता भएका ब्यक्तिहरुलाइ न्यानो सिरक र तन्ना लगाएतका समाग्री प्रदान गरी सम्मान गरिएको छ ।

कार्यक्रममा सहभागि विशेष क्षमता भएका ब्यक्तिले आफुलाइ सम्मान गरेकोमा खुसि ब्यक्त गर्दै सिपमुलक तालिमहरुको व्यवस्था गरिदिन स्थानिय सरकारसंग माग समेत गरेका छन् ।

गाँउपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकिय अधिकृत चिन्तामनि रेग्मि लगायतका जनप्रतिनिध र कर्मचारीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १७ गते मङ्गलवार