• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

महोत्तरीमा सवारी दुर्घटना, दुईजनाको मृ,त्यु, १५ घाइते


मंसिर १८, धनुषा ।  महोत्तरीको बर्दिवासमा आज विहान पिकअप भ्यान दुर्घटनामा परी २ जनाको मृ,त्यु भएको छ ।  १५ जना घाइते भएका छन्।

दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादवी साह र र्बतनिया महतोको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ।  बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर  दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार