आखिर कहिले बन्छ समृद्ध नेपाल ?


  • सबिता थापा

गल्लि गल्लिमा भोट मागेर निर्वाचन त जित्यौ अब जनताको मन जित्ने कहिले ?
ति तिम्रा बिजयरुपी फूलले घाटिमा माला र निधारमा रातो अविर त लगाईयो तर झुपडिका मजदुर हरु दरबारमा धाउने कहिले ?

सायद तिमिलाई थाहा छैन होला सडक, सडक, गल्लि-गल्लि र चोक-चोकमा नाङ्गो शरिर लिएर रात काटेका ति भोका सडक बालबालिकाहरुको पिड ?बलिन्धारा आँशु बगाई बिस बर्ष सम्म प्रदेशमा हराएको छोरा घर नआउदा ति बुढि आमाको पिडा ?

डिग्रि पासको सटिफिकेट दराजमा थन्काउनुको बाध्य किन ?
देशका कर्णधार युवाहरु बैदेशिक रोजगारको खोजिमा किन ?
दश पन्ध्र बर्षका बालबालिका होटलमा भाडा माझ्नुको बाध्य किन ?
उच्च शिक्षाको लागि बिदेश जानुको बाध्यता किन ?

आखिर कहिले बन्छ समृद्ध नेपाल ?

हत्या, हिँसा ,बलात्कार दमनकार, अत्याचार यि सब जान्दा जान्दै आखिर सब मौन छौं किन ?
के अब महिलाले मुखमा मुकुन्डा लगाएर हिड्नु पर्ने हो ?

के अब कहिले हाम्रो देश नेपालमा हत्यारा र बलत्कारिलाई हिरासदमा लाठि प्रहार बाहेक अन्ने कुनै कडा सजाय हुदैन ?
बिजयिरुपि मालाले सजियको तिम्रो गला र ओठको हासोको खुसि पडित जनताको मुहारमा छिटै लेउ सरकार।

प्रकाशित मिती २०७६ मंसिर १८ गते

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार