• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

फिल्म चुरिफुरी प्रि-प्रोडक्सनमा


शिव पुन / मङ्सिर-१८,दाङ। आर.वि.मुभिजको पाँचौ प्रस्तुति फिल्म चुरिफुरी हाल प्रि-प्रोडक्सनमा रहेको छ। फिल्मका लागि मुख्य नायक/नायिकाको खोजी गरिरहेको निर्माण टिमले पहिलो अडिसनसमेत गरिसकेको छ। अडिसनबाटै नायक/नायिका छान्ने योजना बनाएको निर्माण टिमले अघिल्लो अडिसनमा सहभागी हुन नपाएका नवप्रतिभाहरुको लागि मङ्सिर-२७ लाई दोस्रो अडिसन डेट फाइनल गरेको छ। अब दोस्रो अडिसन सकिए लगत्तै पहिलो र दोस्रो अडिसनबाट छानिएका मध्येबाट उत्कृष्ट कलाकार लाई फिल्मका लागि छनोट गरिने छ

ड्रीमगर्ल फेम्ड निर्देशक ऋषिराज आचार्यको लेखन एवं निर्देशन रहने फिल्म चुरिफुरी आगामी माघको दोस्रो हप्ता फ्लोरमा निस्कने तयारीमा रहेको छ।नेपालका विभिन्न ठाउँमा छायांकन गरिने फिल्म आगामी वर्ष २०७७ अल नेपाल प्रदर्शन हुनेछ।

प्रकाशित मिति : २०७६ मङ्सिर १८ गते बुधवार