• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुरका संस्थापक उपमेयरको निधन


मंसिर १९, दाङ ।  दाङ तुलसीपुर उपमहानगरपालिका संस्थापक उपमेयर प्रदिप शाहको नि’धन भएको छ । ६३ बर्षीय शाहको उपचारका क्रमममा काठमाडाैंस्थित बीरेन्द्र सैनिक अस्पताल छाउनीमा बुधवार राति १२ बजेतिर नि’धन भएको हाे ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा शाह तत्कालिन तुलसीपुर नगरपलिकाको उपमेयरमा निर्वाचित भएका थिए । काँग्रेसबाट उम्मेदवार दिएका उनले  तत्कालिन नेकपा एमालेका जीवन केसीलाई पराजित गरेर विजयी भएका थिए ।

शाह पार्टी फुटेको समयमा नेपाली काँग्रेस प्रजातान्त्रिकका तुलसीपुर अध्यक्ष समेत भएका थिए । शाहको नि’धनप्रति नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीले दुःख व्यक्त गरेका छन् । शाहको निधले एकजना कर्मठ र इमान्दार नेता गुमाएको नेताहरुले बताएका छन् ।

स्व’र्गीय शाहको अन्तिम दा’हसंस्कार बिहीवार राजधानीस्थित पशुपति आ’र्यघाटमा गर्ने तयारी भइरहेको शाहका भाइ सुरेश शाहले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का स्थानीय बासिन्दा शाह प्रेसर र कलेजो सम्बन्धी रोगले ग्रसित थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार