१३ औँ साग : नेपालले बनायो अहिलेसम्मकै उच्च स्कोर


मंसिर १९, काठमाडौं । नेपालमा आयोजित १३‌ औँ दक्षिण एसियाली (साग) खेलकुद अन्तर्गत नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको छ। कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएपछि नेपालले  भुटानसँगको खेलमा नेपाली टोलीले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको हो।

यसअघि नेपालको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर मलेसीयाविरुद्ध गएको जुलाईमा बनाएको १७३ रन थियो। बिहीवार मल्लले ५५ बलमा १०७ रन बनाए जुन नेपाली खेलाडीले बनाएको सबैभन्दा उच्च स्कोर हो।

यसअघि पारस खड्काले सिङ्गापुरविरुद्ध बनाएको नटआउट नेपाली खेलाडीको एक मात्र शतक र उच्च स्कोर रहेको थियो। खड्काले राजीनामा दिएपछि कप्तान बनाइएका मल्लले राम्रो ब्याटिङ गर्न सकेका थिएनन्।

तर कीर्तिपुर मैदानमा कमजोर भुटानसँग मल्लले सानदार ब्याटिङ गरे। मल्लसँगै आएका प्रारम्भिक ब्याट्स्म्यान खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए। यो खड्काको टी२० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो।

खड्का आउट भएपछि मल्लले आक्रमण ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। मल्ले १७.४ ओभरमा ५३ बलमा शतक बनाए। उनी टोब्देन सिङे्को बलमा क्याचआउट भए।

नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले २७ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै नटआउट ४५ रन बनाए। आरिफ शेख चार रनमा नटआउट रहे। अर्का आउट हुने खेलाडी रोहित पौडेल थिए जसले छ रन मात्रै बनाए।

भुटानका सबैभन्दा सफल बलर कर्मा दोर्जी भए। उनले दुई विकेट लिएका थिए।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार