मंसिर १९, दाङ । दाङको एक कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बिहान १० बजेतिर दाङ गढवा गाउँपालिका -६ थानदेउखुरी निवासी हुर्मत यादवको कपास उद्योगमा आगलागी भएको हो ।
उद्योगमा रहेको कपडा पेल्ने मेसिन, घर र कपडाहरु जलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताएका छन । सवा १० बजेतिर आगलागी नियन्त्रणमा लिईएको हो