मंसिर १९, काठमाडौं । सात हजार रुपैयाँ घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) प’क्राउ परेका छन्।
सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित प’क्राउ परेका हुन्।
दाहालले सेवाग्राहीलाई अनावश्यक दुख दिने, विभिन्न खाद्य सामग्रीहरू ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित उनलाई प’क्राउ गरेको हो।
घुस रकमसहित उनलाई विराटनगर महानगरपालिका–६ घाँसचोकबाट प’क्राउ गरिएको अख्तियारले जनाएको छ।